काठमाडौं, २०८३ वैशाख ९
नेपाल जग्गा तथा आवास विकास महासंघ ले आज आफ्नो चौथो स्थापना दिवस मनाएको छ। २०७९ साल वैशाख ९ गते (२२ अप्रिल २०२२) संस्था दर्ता ऐन २०३४ अन्तर्गत स्थापना भएको महासंघले छोटो समयमै नेपालको जग्गा तथा आवास विकास क्षेत्रमा अग्रणी छाता संगठनका रूपमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गर्न सफल भएको छ।
स्थापनाको चार वर्ष पूरा गर्दै महासंघले यस अवधिमा रियल इस्टेट क्षेत्रको संस्थागत विकास, व्यवसायिक एकता तथा नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेको जनाएको छ। महासंघका अध्यक्ष श्री विष्णुप्रसाद घिमिरे का अनुसार जग्गा तथा आवास विकासमा संलग्न व्यक्ति तथा कम्पनीहरूको अधिकार र हित संरक्षण गर्नुका साथै उपभोक्ताको विश्वास कायम गर्नु महासंघको प्रमुख उद्देश्य रहँदै आएको छ।
महासंघले जग्गा तथा आवास विकाससँग सम्बन्धित नीति तथा कानुन निर्माणमा सरकारलाई आवश्यक सुझाव र सहकार्य प्रदान गर्दै निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै आएको छ। यससँगै देशभर रहेका घरजग्गा व्यवसायी संघहरूलाई एकीकृत गर्दै व्यवसायिक एकता, अनुशासन र सहकार्यको वातावरण निर्माणमा समेत महासंघले महत्वपूर्ण भूमिका खेलेको छ।